Monday, July 11, 2016

खाजा र भोजमा मासिक १५ लाख स्वाहा प्रधानमन्त्रीबाट



तपाईलाई विश्वास नलाग्न सक्छ, कैयौं नागरिकले एक छाक खान पनि धौ-धौ परिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने एउटा
रात्रीभोजका लागि करिब १० लाख खर्च गरेका छन् ।

प्रसंग हो, नयाँ वर्ष ०७३ को । प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७३ मनाउन एकै साँझ ९ लाख ६७ हजार ७ सय ८७ रुपैँया खर्च गरेका छन् ।

जनताले तिरेको करबाट प्रधानमन्त्री ओलीले एकैपटक यति ठूलो रकमको भोज आयोजना गरेका हुन् । त्यो भोजका लागि उनको सचिवालयले
नेपाल सरकारको कोषबाट पैसा लिएको छ ।

सचिवालयले घोटाला गर्‍यो कि ?

सो कार्यक्रम बालुवाटारमा भएको र प्रधानमन्त्रीसमेत सरिक भएकाले खर्च प्रधानमन्त्रीका नाममा देखिएको छ । तर, खर्च व्यवस्थापन गर्ने
काम प्रधानमन्त्रीको सचिवालयले गरेको छ । स्रोतको दाबीअनुसार बालुवाटार सचिवालयले पछिल्लो समय खर्च भएको भन्दा दोब्बर तेब्बरसम्म
थप बिल भरेर भुक्तानी लिने गरेको छ ।

यसअघि बालुवाटार सचिवालयकै एक सदस्यले प्रधानमन्त्री कार्यालयमा यससँग सम्बन्धित उजुरीसमेत गरेका थिए । उजूरीकर्ताले वालुवाटारका
लागि सामान मगाउने र चिनी, चियादेखि लान मिल्नेसम्मका वस्तु केही सचिवालय सदस्यहरुले राति नै आफ्नो घरतिर लाने गरेको भन्दै उजुरी
परेको थियो ।

खरिद गरिएका सामानको बिलसमेत दोब्बर-तेब्बर बनाएर भर्ने गरेको आरोप उक्त उजुरीमा लगाइएको थियो ।

पछिल्लो समय प्रधानमन्त्रीको निवासमा भएको खर्चका नाममा सार्वजनिक भएको बिलमा खर्चको आकार अत्यधीक बढेको छ ।

खाजाका नाममा पनि उस्तै खर्च

एकदिनको एक छाक खाजाका लागि मात्र होइन, बालुवाटार निवासमा खाजा खर्चका नाममा पनि उस्तै समस्या देखिएको छ । पछिल्लो समय
विभिन्न बैठकको खाजा खर्च शीर्षकमा प्रधानमन्त्री कार्यालयले ४ लाख ७१ हजार भुक्तानी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारको मासिक खर्च २० लाखभन्दा बढी हुने गरेको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रको सम्पत्तिबाट भोज खुवाएर गुटबन्दी गरेको भन्दै केही समयअघि एमालेकै बरिष्ठ नेता माधवकुमार नेपालले समेत गुनासो
पोखेका थिए ।

0 comments:

Post a Comment