Tuesday, August 2, 2016

फेसबुक मा नया सुबिदा

यो सुविधाको सहयोगले अब एण्ड्रोइडमा म्यासेन्जर चलाउने प्रयोगकर्ताहरूले एउटै डिभाइसबाट एउटा भन्दा बढि म्यासेन्जर अकाउण्ट चलाउन सक्नेछन्। त्यसको लागि म्यासेन्जरको सेटिङ्ग्समा गई ‘न्यू अकाउण्ट’ खोल्न सकिनेछ। साथै यसको लागि फेसबुकको अकाउण्टको समेत जरुरत पर्नेछैन।
फेसबुक म्यासेन्जरले थप्यो निकै नौलो सुविधा...आजै बाट देश विदेशको जुनसुकै नेटवर्कमा फ्री कल गर्न सकिने .

यो सुविधाको सहयोगले अब एण्ड्रोइडमा म्यासेन्जर चलाउने प्रयोगकर्ताहरूले एउटै डिभाइसबाट एउटा भन्दा बढि म्यासेन्जर अकाउण्ट चलाउन सक्नेछन्। त्यसको लागि म्यासेन्जरको सेटिङ्ग्समा गई ‘न्यू अकाउण्ट’ खोल्न सकिनेछ। साथै यसको लागि फेसबुकको अकाउण्टको समेत जरुरत पर्नेछैन




(इन्स्टाग्राम: एउटा भन्दा धेरै अकाउण्ट राख्दा त्रूटि फेला पर्यो)

यदि तपाईँ आफ्नो गोपनीयताको बारेमा चिन्तित हुनुहुन्छ भने त्यसको लागि पनि फेसबुकले सुरक्षाको उपाय ल्याएको छ। एउटा अकाउण्टबाट अर्को अकाउण्टमा स्वीच गर्नेबेलामा पासवर्ड माग्दछ, जुन तपाईँलाई मात्रै थाहा हुन्छ। अर्कै आकाउण्टमा म्यासेज आएको छ भने नोटिफिकेसन आउँदछ, तर तपाईँले पासवर्ड नराखेसम्म सो म्यासेज गोप्य नै बसिरहन्छ।

यो सुविधाको उपयोगको लागि ‘गुगल प्ले स्टोर’बाट नयाँ भर्जनको फेसबुक म्यासेन्जर डाउनलोड वा अपडेट गर्नुपर्ने हुन्छ।

डिजेल, मटि्टतेल र एलपीजी ग्यासको मूल्य घट्यो

१८ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोेलिमय पदार्थको मूल्य घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटि्टतेल र एलपीजी ग्यासको मूल्य घटाएको हो ।

नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९७ रुपैयाँमा पाइनेछ । यसअघि ९९ रुपैयाँ लिटरको पेट्रोलका २ रुपैयाँ मूल्य घटाइएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।

यस्तै डिजेल र मटि्टतेल लिटरमा २ रुपैयाँ सस्तो भएर प्रतिलिटर ७३ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटि्टतेल प्रतिलिटर ७५ रुपैयाँमा पाइन्थ्यो ।

एलपीजी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २५ रुपैयाँ सस्तिएको छ । यसअघि १४ सय रुपैयाँ प्रतिसिलिन्डरमा पाइने ग्यास अब १३ सय ७५ रुपैयाँमै पाइने प्रवक्ता घिमिरे बताए ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो ।

नेपाली कंग्रेस, माओवादी केन्द्र र आन्दोलनरत संघीय गठवन्धनवीच खटपट


१८, श्रावण ,२०७३ नेपाली कंग्रेस, माओवादी केन्द्र र आन्दोलनरत संघीय गठवन्धनवीच भएको सहमतिलाई लिएर केही मतभेद देखिएको छ ।
आज विहान मधेस आन्दोलनका मुद्धा सम्वोधन लगायतमा सहमति भएपछि संघीय गठबन्धनका नेताले माओवादी अध्यक्ष पुष्पकमल दाहालको उम्मेदवारीमा समर्थन जनाएपनि सहमतिको बूँदामा उल्लेख भएको बिषयमा विवाद उत्पन्न भएको स्रोतको भनाइ छ । तीन पक्षवीच ३ वूदामा मौखिक सहमति भएपनि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संघीयताको सन्दर्भमा सहमतिको बूंदामा पहिचान उल्लेख गर्नुपर्ने अडान लिनुभएको बताइएको छ । सोही बिषयमा विवाद भएपछि लिखित सहमतिका लागि साँझसम्म बसेको बैठक निष्कर्ष विहिन भएको छ । विवादकै वीच यादवले कान्तिपुरसँग कुरा गर्दै हुन लागेको सहमतिमा धोकाले भएकाले भोलि हुने मतदानमा दाहालको पक्षमा मतदान नगर्ने प्रतिक्रिया दिनुभएको छ । स्रोतका अनुसार, विवाद मिलाउन भोलि विहान कंग्रेस, माओवादी र संघीय गठबन्धनका नेताहरुवीच बैठक हुने भएको छ । यसअघि सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संसोधन गर्ने र आन्दोलनका क्रममा भएका घाइतेको उपचार लगायतबारे नयाँ सरकारले निर्णय गर्ने सहमति भएको बताउनुभएको थियो । प्रधानमन्त्री निर्वाचनमा दाहाललाई समर्थन जनाएपनि सरकारमा भने नजाने गठबन्धनले तयारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीलाई पनि बिना पूर्वाग्रह सघाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीलाई आग्रह गरेका छन् ।



१८  श्रावण, २०७३- प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीलाई पनि बिना पूर्वाग्रह सघाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीलाई आग्रह गरेका छन् ।

९ महिने कार्यकालको अन्तिम दिन मंगलबार प्रधानमन्त्री कार्यालयमा बिदाइ भेट गर्दै ओलीले देश विकासका लागि नयाँ प्रधानमन्त्रीलाई सघाउन आग्रह गरे । ‘अब एक दुई दिनमा त्यहाँ (प्रधानमन्त्रीको कुर्सी देखाउँदै) आउनुहुन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका वरिष्ठ सञ्चार विज्ञ चेतन अधिकारीले भने, ‘उहाँलाई पनि बिना राजनीतिक पूर्वाग्रह सघाउनुस् ।’

ओलीले आफू एक्लो प्रयासलेमात्रै सफल नभएको भन्दै सर्बलाई धन्यवाद दिए । ‘मेरो एक्लो प्रयासले मात्रै होइन,’ उनले भने, ‘तपाईंहरुको साथ सहयोगमा सरकार सफल रह्यो, विकासका योजनाहरु ल्याउन सफल भयो ।’

प्रधानमन्त्री सिंहदरवारबाट बिदा हुनुअघि प्रधानमन्त्री कार्यालयका कर्मचारीहरु फोटो खिच्न उनको कार्यकक्ष पुगेका थिए । त्यसअघि मन्त्रीहरुले सामूहिक फोटो खिचाएका थिए ।

मन्त्रिपरिषदको मंगलबार नै बसेको बैठकले सरकारलाई सहयोग गरेको भन्दै नेपाली जनता, राजनीतिक दल, कर्मचारीवर्ग, सञ्चार जगतलाई धन्यवाद दिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री शेरधन राईले जानकारी दिए ।