कलाकृति बनाएर कोकिन लुकाएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ
घोडाको टाउकोमा कोकिन ? सुन्दा आश्चर्य लाग्छ, घोडाको टाउकोमा कसरी कोकिन ?
तर न्युजिल्यान्डमा यस्तै घटना घटेको छ ‘द न्युजिल्यान्ड हेराल्ड’ का अनुसार स्थानीय प्रहरीले १ अर्ब ७ करोड रुपैयाँबराबरको कोकिन
घोडाको टाउकोबाट बरामद गरेको छ ।
घोडाको टाउकाको कलाकृति बनाएर कोकिनको कारोबार गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
। यसरी कोकिन
लुकाएर कारोबार गरेको आरोपमा स्थानीय प्रहरीले मेक्सिकोका दुई तथा अमेरिकाका एक नागरिकलाई पक्राउ गरेको हो ।
घोडाको टाउकोजस्तो देखिने उक्त कलाकृतिको तौल ३ सय ६५ किलो थियो । यसको उचाइ तीन फिट छ ।
यही ठूलो आकारको घोडाको टाउकोभित्र ३५ किलो कोकिन लुकाइएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको बताइन्छ ।






0 comments:
Post a Comment