चरा ठोकिएर बांगिएकाे एयरबसकाे इन्जिनको बाहिरपट्टीका ब्लेड (राताे घेरामा)
५६ यात्रु बोकेर काठमाडौंबाट हङकङका लागि ‘टेकअफ’ गर्न लाग्दा बिहान १० बजे जहाजमा चरा ठोक्किएको थियो । एयरबसका एक पाइलटका
अनुसार, विमानस्थलको उत्तरतर्फ रहेको त्रिभुवन आर्मी अफिसर्स गल्फ कोर्स तर्फको धावनमार्ग (टू–जिरो) बाट टेकअफकालागी रनवेम
दौडिरहेकाबेला दायाँ इन्जिनमा चरा ठोकिएको थियो ।
‘चरा इन्जिनमा ठोक्किँदा जहाजले धावनमार्ग छाडीसकेको थिएन, करिब १ सय ४० किलोमिटर/प्रतिघन्टाको गतीमा कुदीरहेको थियो,’ ती
पाइलटले कान्तिपुरलाई भने, ‘यदी विमानले धावनमार्ग छाडीसकेको भए ठूलो दुर्घटना पनि हुन सक्थ्यो ।’ तर चालकदलले जहाज कन्ट्रोल
गर्दै रोक्न सफल भए । उक्त विमानमा क्याप्टेनहरु आरपी ढकाल र प्रदीप राजभण्डारी थिए ।
निगमको कर्पाेरेट निर्देशक रामहरी शर्माका अनुसार, उक्त जहाजमा खराबी आएपछि दिल्लीबाट फर्केको निगमको अर्को एयरबस (सगरमाथा)
मा यात्रुलाई हङकङ पठाइएको छ । निर्देशक शर्माले चालकदलसहित आठ जना क्रूसहित ५६ यात्रु रहेको र कसैलाई पनि केही नभएको बताए ।
निगम स्रोतका अनुसार, चरा ठोकिएको इन्जिनको बाहिरपट्टीका तीनवटा ब्लेड काम नलाग्ने भएकाछन् । ‘ब्लेड बाहिरबाट मगाउनुपर्छ ।
अरु केही असर परे/नपरेको इन्जिनियरले हेर्नुपर्छ । मर्मतकालागि कति दिन लाग्छ भन्ने बारे एकिन छैन,’ स्रोतले भन्यो ।
हाल निगमको एयरबसले दिल्ली, हङकङ र मुम्बई उडान गर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानकालागि दुईवटा बोइङ र दुईवटा
एयरबसगरी चारवटा विमान छन् । तर, करिब एक महिनादेखि निगमको एउटा बोइङ मर्मतकालागि विदेश पठाइएको छ । चरा ठोक्किएर
एयरबस ग्राउन्डेड भएरसँगै दुईवटा जहाजले ७ वटा अन्तर्राष्ट्रिय सेक्टरमा गर्नुपर्ने उडानको समयतालिकामा असर पर्ने देखिन्छ ।







0 comments:
Post a Comment