Sunday, July 10, 2016

फुटबल का पूर्व महान ब्राजिल का हस्ती पेले ले , २५ वर्ष कान्छी बिहे गर्दै ,



काठमाडौं -२५ असार, । फुटबल का महान  पूर्व हस्ती  पेलेले तेस्रो विवाह गर्ने भएका छन् । मर्ने बेलामा हरियो काक्रो भनेझै, ७५ वर्ष  का उनले आफू भन्दा २५ वर्ष कान्छी जापनिजलाई दुलही बनाउन आटेका  हुन् ।

पेलेले मासिया सिबेलो अओकीसँग शनिबार बिहे गर्दैछन् ।
पेले र मासिया सिबेलो अओकी पछिल्लो ६ वर्षदेखि प्रेममा छन् । उनीहरुले पहिले नै विवाहको योजना बनाएका थिए ।
तर, पेलेको स्वास्थ्यमा समस्या आएपछि  समय सरेको थियो ।

पेले र उनकी प्रेमिकाबीच न्यूयोर्कमा एक पार्टीका क्रममा २००८ मा भेट भएको थियो । तर, २०१० देखि प्रेम सम्वन्धमा छन् ।
पेलेले आफ्नो प्रेमिका अओकीलाई पहिलो पटक २०१२ मा मोनाकोमा भएको एक फुटबल अवार्ड समारोहमा सार्वजनिक गरेका थिए ।

पेलेको पहिलो श्रीमतीबाट तीन छोराछोरी छन् । दोस्रो श्रीमतीबाट दुई सन्तान छन् ।

0 comments:

Post a Comment