Tuesday, July 5, 2016

परिचय पत्र भएका मात्र भूकम्प पिडितको लिस्ट मा

भूकम्पपीडित ११ जिल्लामा सर्वेक्षण गर्ने क्रममा देखिएको अनुभवबाट सिक्दै काठमाण्डू उपत्यकाका तीन जिल्लामा पीडितको गणना गरिँदा परिचयपत्र पाएका घरमात्र रोज्ने तयारी गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
तीन महिनाभित्र काठमाण्डूका घरहरुको क्षति विवरण सम्पन्न गर्ने लक्ष्य राखेको प्राधिकरणले सर्वेक्षणका लागि दक्ष इन्जिनियरको भर्ना प्रक्रिया शुरु गरिसकेको छ।
तुलनात्मक रुपमा काठमाण्डूमा पीडितको समस्या कम हुने भन्दै प्राधिकरणले ढिलो सर्वेक्षण थाल्न लागेको हो।
हामीले अन्य प्रभावित जिल्लाबाट पाठ सिक्दै काठमाण्डू उपत्यकामा जो पीडित छन् उनीहरुको घरमा मात्र सर्वेक्षण गर्छौं। जसले छुटेको निवेदन दिएका छन् त्यो घरमा मात्र गएर अनुदान उपलब्ध गराउछौँ
राम थपलिया, प्रवक्ता, पुनर्निर्माण प्राधिकरण

पुनर्निर्माण प्राधिकरणले जिल्लामा जस्तै उपत्यकाका हरेक घरको सर्वेक्षण गर्ने छैन।
सर्वेक्षणपहिले नै भूकम्पपीडित परिचयपत्र पाइसकेका घरहरुको मात्र सर्वेक्षण गरिने र छुटेकाहरुको हकमा निवेदन दिने घरको मात्र सर्वेक्षण गरिन लागेको पुनर्निर्माण प्राधिकरणका प्रवक्ता राम थपलियाले बताए।
उनले भने, “हामीले ११ जिल्लामा कुनै पनि घर बाँकी राखेनौं। सबै घरको सर्वेक्षण गर्दा समय र लागत दुबै बढी लाग्यो। त्यो अनुभवबाट हामीले पाठ सिक्दै काठमाण्डू उपत्यकामा जो पीडित छन् उनीहरुको घरमा मात्र सर्वेक्षण गर्छौं।
जसले छुटेको निवेदन दिएका छन् त्यो घरमा मात्र गएर अनुदान उपलब्ध गराउछौँ।”
दक्ष इन्जिनियरको भर्ना प्रक्रिया शुरु भएको छ। उनीहरुको सातदिने तालिम सकिने बित्तिकै हामी फिल्डमा कर्मचारी खटाउछौँ
राम थपलिया, प्रवक्ता, पुनर्निर्माण प्राधिकरण
तुलनात्मक रुपमा शहरमा कम समस्या हुने भन्दै प्राधिकरणले ११ जिल्लामा पहिले सर्वेक्षण र सहयोग प्रक्रिया थालेको थियो।
अनुमान
पछिल्लो तयारीबारे प्राधिकरणका प्रवक्ता थपलियाले भने, “दक्ष इन्जिनियरको भर्ना प्रक्रिया शुरु भएको छ। उनीहरुको सातदिने तालिम सकिने बित्तिकै हामी फिल्डमा कर्मचारी खटाउछौँ।”
जिल्लामा देखिएका समस्यामध्येको, एकै घर परिवारमा बसेर छुट्टाछुट्टै भान्सा गरेकाहरुलाई पनि समानरुपमा दुई-दुई लाख रुपैयाँ वितरण गर्ने निर्देशिका बनेको प्राधिकरणले जनाएको छ।
एकै घरमा एकभन्दा बढी परिवार बस्ने समस्या गाँउको दाँजोमा शहरमा बढी हुनसक्ने अनुमान गरिएको छ।
काठमाण्डू उपत्यकामा डेढलाख भूकम्पपीडित रहेको प्राधिकरणको प्रारम्भिक अनुमान छ।

0 comments:

Post a Comment