Sunday, July 3, 2016
Home »
» इराक मा ठुलो कार बम आक्रमण-बिबिसी
इराक मा ठुलो कार बम आक्रमण-बिबिसी
असार २० गते बगदाद, इराकको राजधानी बगदादको व्यापारिक इलाकामा आइतबार भएको आत्मघाती कारबम आक्रमणमा १२५ जनाको ज्यान गएको छ भने १५०
जनाभन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ ।
राजधानी बगदादमा यस वर्ष भएका एकल आक्रमणहरूमा यो सबभन्दा ठुलो आक्रमण भएको बताइएको छ ।
यो आक्रमणको जिम्मा इस्लामिक स्टेट (आईएस) आतङ्ककारी समूहले लिएको छ । इराकको फल्लुजा सहर आईएस आतङ्ककारी समूहबाट पूर्ण रूपमा इराकी बलले
नियन्त्रणमा लिएको एक हप्तापछि यो भीषण आक्रमण भएको हो ।
यसैलगतै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यो आक्रमणको भत्र्सना गर्नुभएको छ । सभापति देउवाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको छ–
विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका यस्ता आतङ्ककारी घटनाको काँग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ ।
हत्या, हिंसा र आतङ्कवाद सदाका लागि अन्त्य गरिनुपर्छ भन्ने काँग्रेसको स्पष्ट धारणा रहँदै आएकोछ






0 comments:
Post a Comment