Sunday, July 3, 2016
Home »
plant. Featured
» बोधिचित्त , नेपाल मा भर्खर मात्र राम्रो बजार भाउमा बिक्रि हुन थालेको रुद्रक्छय भन्दा महँगो , केहि खबर , बिरुवा रोपौ हो ?
बोधिचित्त , नेपाल मा भर्खर मात्र राम्रो बजार भाउमा बिक्रि हुन थालेको रुद्रक्छय भन्दा महँगो , केहि खबर , बिरुवा रोपौ हो ?
असार १०, २०७३,३ अर्ब जतिको बोधिचित्तको दानाको कारोबार !
एक तथ्यांकअनुसार तिमाल क्षेत्रको बोल्देफेदिचे, ठूलोपर्सेल, चापाखोरी, पोखरी नारायणस्थान, संस्युखर्क, मेच्छे, मेथिनकोट,
कानपुरलगायत गाविसमा मात्रै ३ अर्ब जतिको बोधिचित्तको दानाको कारोबार भएको छ .
रूखमा पहरा दिनका लागि दैनिक १ हजारदेखि १५ सयसम्म भत्ता दिएर युवा समूह परिचालन गर्नुपर्ने अवस्था आएको किसानले बताए । उनीहरूको काम दाना र रूखको संरक्षण र नयाँ व्यापारीलाई प्रवेश नदिनु हो ।
यसको कारोबारमा संलग्नहरूले आपराधिक समूहको बलमा सिन्डिकेट कायम गरेका छन् ।
- एक समूहले अघिल्लो साता सिसाखानी ३ नागबेलीमा करिब ८० लाख बराबरको बोधिचित्तको दाना लुटेर लग्यो । वीरबहादुर लामाको बारीमा फलेको दाना लुटिएपछि नेत्रविक्रम चन्द
नेतृत्वको नेकपा माओवादीका कार्यकर्तासमेत रहेका रामकृष्ण मैनाली, श्याकृष्ण मैनाली र प्रेम लामालगायत विरुद्ध किटानी जाहेरी परेको छ ।
शिखर आम्बोटेमा पनि दुई समूहबीच चलेको विवाद अहिले प्रहरीसम्म पुगेको छ । मेच्छेका एक व्यापारीले ८ लाखमा किन्ने गरी कागज गरेको दाना अर्का व्यापारीले आफूलाई सोही मूल्यमा बेच्नुपर्ने अडान राखेपछि विवाद भएको हो
दानाको कारोबारमा संलग्न ठूलोपर्सेलका वाङजु लामाले कारोबारमा सुरक्षा चुनौती रहेको स्विकार्दै आपराधिक समूहको संलग्नताको खण्डन गरे । ‘सिसाखानीमा भएको घटनामा यसको कारोबारमा सुरक्षा चुनौती भएको देखायो,’ उनले भने,
‘आफूले लगानी गरेको सामान संरक्षण गर्न मान्छे राख्नु स्वाभाविक हो ।’ उनले चोरिने डरले आफन्तलाई दैनिक भत्ता दिएर कुर्न राख्ने गरेको दाबी गरे ।
प्रहरीले सुरक्षा चुनौती महसुस गरेर थप जनशक्ति परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी नविनकुमार राईका अनुसार तिमाल, खहरेपाँगु, मंगलटार र आसपास क्षेत्रमा २५ प्रहरी परिचालन गरिएका छन् ।
उनीहरूले नियमित गस्ती र शंकास्पद गतिविधिको निरीक्षण गरिरहेका छन्
बोधिचित्त बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
(01-4418921,9860309157,9808511981,9845421906
काठमाडौं रिङ्गरोड भित्र नि:शुल्क डेलिभरी
-------------------------------------------
याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942







0 comments:
Post a Comment