Wednesday, July 6, 2016
ससांक कोइराला को स्वास्थ्य सुधिरियेना देउवाको दिल्ली लैजान प्रस्ताप
२०७३- असार २२,मंगलबार बेलुका अस्वस्थ भएर ओम अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइरालालाई थप उपचारका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले एयर एम्बुलेन्स मार्फत दिल्ली
लैजान प्रस्ताव गरेपनि अस्पतालले भने अहिलको अवस्थामा अस्पतालबाट कतै लैजान नमिल्ने बताएको छ ।
अस्पतालका प्रवक्ता डा. लवनरसिंह जोशीका अनुसार सभापति देउवाले दिल्ली लैजान प्रस्ताव गरेका थिए । ‘उहाँलाई दिल्लीबाट एयर एम्बुलेन्स बोलाएर लैजान प्रस्ताव गर्नुभएको थियो,’ उनले भने,
‘अहिले उहाँलाई एम्बुलेन्समा राखेर यहाँबाट एयरपोर्टसम्म लैजान मिल्ने अवस्था छैन । उताबाट पनि पठाउ नभनि पठाउन मिल्दैन ।’
डा. जोशीका अनुसार उनको स्वास्थ्य अवस्थामा दिउँसोसम्म केही सुधार भयो भने मात्रै अन्य विकल्प बारे सोच्न सकिन्छ ।
स्रोतका अनुसार ओम अस्पतालमा नै कार्यरत शशांककी श्रीमती सुपात्रा कोइरालाले यहाँ उपचार गर्नु र दिल्ली लैजानुमा केही फरक नभएकोले यही उपचार गराउने बताएकी छन् ।
अस्पतालले दिएको जानकारी अनुसार उनको उपचारका लागि काठमाडौंमा उपलब्ध प्राय सबै वरिष्ठ चिकित्सकहरुसँग सल्लाह लिइएको छ । खबर इकान्तिपुर समाचार मा छ .






0 comments:
Post a Comment