Tuesday, July 5, 2016

कांग्रेस महामन्त्री ससांका कोइराला ओम हस्पिटल ICU मा



२०७३,असार २२, नेपाली कंग्रेसका महामन्त्री सशांक कोईराला अस्वस्थ भएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको छ । गएराती अचानक निरन्तर बान्त भएपछि कोइरालालाई अस्पताल लगिएको थियो ।
कोईरालाको गम्भिर अवस्तामा आईसीयूमा राखेर उपचार भईरहेको नेवि संघका नेता युपी लामिछानेले जानकारी दिनुभयो । कोईरालाको फोक्सोमा समस्या देखिएको चिकित्सकले बताएका छन् ।
कोइराला उच्च रक्तचापबाट समेत पीडित हुनुहुन्छ ।
कोईरालालाई भेट्न नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेता तथा कार्यकर्ता अहिले अस्पताल परिषर पुगेका छन् ।
मुटुरोग विशेषज्ञ भगवान कोईराला लगायत केही चिकित्सक पनि अहिले ओम अस्पताल पुगेरे कोईरालाको स्वास्थ्य अवस्थाबारेमा निरिक्षण गर्दैहुनुहुन्छ ।
 उहाँको नेपालमै उपचार गर्ने वा विदेश लैजाने भन्नेबारे पार्टीमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।  यो  खबर आजको  इकान्तिपुर मा छ .

0 comments:

Post a Comment