छिटो वीर्य स्खलन
प्राय: सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै समयमा छिटो वीर्य स्खलन भएको अनुभव गरेका हुन्छन् । अहिले आफू तथा आफ्नो
यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्य स्खलन भए त्यसलाई छिटो वीर्य स्खलन भएको स्थिति अर्थात् शीघ्र स्खलन मान्न थालिएको छ ।
योनिमा घर्षण नै गर्न नपाई वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो ।
कतिपयले सामान्य समयसीमामै वीर्य स्खलन भए पनि चाँडो भएको मान्छन् भने कसैले धेरै समय लागे पनि त्यसलाई सामान्य मान्न सक्छन् ।
महिलालाई यौन चरमसुख प्राप्त गर्न एकदम धेरै समय लाग्ने अवस्थामा पनि सामान्य समयमै भएको भए पनि पुरुषको वीर्य स्खलन चाँडो भएजस्तो
लाग्न सक्छ । यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ ।
कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको विषय हुनसक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट पार्न
सक्दिनँ कि भन्ने चिन्ता ( performance anxiety) ले समस्यालाई थप चर्काउँछ । विरलै भए पनि केही
Psychotropic Drug कतै यस्तो समस्याको कारण त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन ।
समाधानका लागि के गर्न सकिएला ?
आक्कल–झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वभाविक होइन । त्यसैले यस्तो स्थितिमा अनावश्यक रूपमा खासै चिन्ता गर्नु आवश्यक छैन ।
धेरै चिन्ता गर्दा समस्या बढ्न सक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने तपाईंले समाधानको उपाय खोज्नुपर्ने हुन्छ ।
यो समस्या कम गर्न आफैंले गर्न सकिने केही उपाय :
१. यौनसम्पर्क रोक्न–सुरु गर्ने : यौन सम्पर्कका क्रममा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केहीबेर यौन क्रिडा
रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने ।
२. आसन परिवर्तन : लोग्ने मान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गर्दा पनि शीघ्रस्खलनलाई कम
गर्न मदत पुग्छ ।
३. लिङ्ग अँठ्याउने : स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठयाउने र वीर्य स्खलन हुन
नदिने । केहीबेरमा यौन उत्तेजना केही कम भएपछि पुन: यौनक्रिडा सुरु गर्ने ।
४. कन्डम प्रयोग गर्ने : कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मदत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम
भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्याउँछ ।
५. मांसपेशी प्रयोग गर्ने : पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सक्दा पनि फाइदा हुन्छ ।
६. औषधीको प्रयोग : अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन् ।
Benzocaine तथा Lidocaine जस्ता औषधी भएका यस्ता उत्पादन लिङ्गमा प्रयोग गर्दा शीघ्र स्खलन कम गर्न मद्दत पुग्छ ।






0 comments:
Post a Comment