Wednesday, July 6, 2016

अमेरिकाद्धारा उत्तर कोरियाली नेता किम जोङ उन बिरुद्ध प्रतिबन्ध




July 7, 2016
मानवअधिकारको गम्भिर उलंघन गरेको भन्दै उत्तर कोरियाली नेता किम जोङ उन विरुद्ध अमेरिकाले  प्रथम पटक प्रतिबन्धको घोषणा गरेको छ ।। प्रतिबन्धीतको सुचिमा किम संगै उत्तर कोरियाका अन्य दश उच्च सरकारी अधिकारी
समेत छन् । पदीय दुरुपयोग गरी आफ्नो मुलकमा हिंसा फैलाउने  कार्यमा किमको प्रत्यक्ष संलग्नता रहेको भन्दै अमेरिकाले यस्तो घोषणा गरेको हो  प्रतिबन्धमा परेकाहरुको
अमेरिकामा रहेको चलअचल सम्पत्ति रोक्का  गरिने तथा कुनै पनि अमेरिकी नागरिकले ती व्यक्तिहरुसंग मिलेर ब्यापार व्यवसाय गर्न पाउने छैनन् । परमाणु उत्पादनको विषयलाई लिएर यसअघि देखिनै प्रतिबन्ध
खेपिरहेको उत्तर कोरियालाई समग्र विश्वबाट एक्लो पार्न अमेरिकाले पछिल्लो कदम चालेको विश्लेषण गरिएको छ । एक अमेरिकी प्रतिवेदन अनुसार उत्तर कोरियामा ८० हजार देखि १ लाख २० हजारको संख्यामा
सर्वसाधाणलाई बन्दी बनाईएको र उनीहरुलाई कारागारमा राखी शारिरक तथा मानसिक यातना र यौन दुव्र्यवहार गरिने उल्लेख छ । अमेरिकाले यसअघि सिरीयाका राष्ट्रपति बसर अल असद र लिवियाका तत्कालिन
शाषक मोअम्मर गद्धाफी विरुद्ध समेत यस्तै प्रतिबन्ध लगाएको थियो ।

0 comments:

Post a Comment