Wednesday, July 6, 2016

नया सक्ति नेपाल का अदक्ष्य तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई ले सरकारी स्कर्टिङ छाडे .


काठमाडौं –  नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राज्यले दिएको सुविधा कटौती गरेका छ । ।
पहुँचको आधारमा पूर्वविशिष्टले सुरक्षाकर्मी र सुविधा लिएको भन्दै संसदको सुशासन समितिले यसबारे अध्ययन गरिरहेको बेला भट्टराईको अगाडि र पछाडी प्रहरी स्कर्टिङको व्यवस्था भएपनि अहिले भट्टराईले दुवै हटाएका छन् ।कानुन विपरित पहुँचको आधारमा सुविधा लिएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला भट्टराईले
राज्यले दिएको सुविधासहित प्रहरी स्कर्टिङ कटौती गरेका हुन्

सबै पूर्वप्रधानमन्त्री र केही पूर्वगृहमन्त्रीले समेत पछुवा गाडी लिएर हिँडिरहेको समयमा भट्टराईसँग अहिले दुइजना सुरक्षाकर्मी छन् । प्रधानमन्त्रीबाट राजीनामा दिएपछि पनि भट्टराईको अगाडि पछाडि स्कर्टिङ थियो ।


भट्टराईले भारतीय नाकाबन्दीका कारण नेपालमा इन्धन संकट भएपछि स्कर्टिङको गाडी छाडेका हुन् ।  सशस्त्र प्रहरी र नेपाल प्रहरीका एक/एक जना सुरक्षाकर्मी मात्र भट्टराईसँग हिँड्ने गरेका छन् ।

पूर्वविशिष्टका नाममा सुरक्षाकर्मी, गाडी र इन्धनका नाममा वार्षिक करोडौँ रुपैयाँ राज्यकोषबाट खर्च हुँदै आएको छ । पूर्वविशिष्टका नाममा बेथिति बढेपछि संसदीय समितिले कानुन बनाउन सरकारलाई निर्देशन दिएको थियो ।

0 comments:

Post a Comment