अपहरण फिरौती तथा आपराधिक क्रियाकलापमा संलग्न भएको अरोपमा प्रहरीले हिजोराति काठमाण्डौको ठमेलबाट दिपक मनाङ्गेसहित उनका सहयोगीलाई पक्राउ गरेको छ ।
ठमेलस्थित १ होटलबाट मनाङ्गेसहित उसको सहयोगी राजन कुमार सिंहलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी बिक्रमसिंह थापाले बताउनु भयो ।
पछिल्लो समय गुण्डा नाइकेहरु सक्रिय भएर व्यवसायीलाई धम्की दिई रकम असुल्ने गरेको गुनासो आएको भन्दै प्रहरी प्रमुख थापाले उनीहरुविरुद्ध कारवाही अभियान तीव्र पारिएको बताउनुभयो ।
उहाँले काठमाडौंका विभिन्न व्यापारिक केन्द्रलाई आधार क्षेत्र बनाएर रकम असुल गर्ने र व्यापारी धम्क्याउनेविरुद्ध प्रहरीले बिशेष निगरानी शुरु गरेको बताउनुभयो । मनाङ्गेविरुद्ध अपहरण,
फिरौती असुली, गुण्डागर्दी लगायतका दर्जनौं उजुरी परेको प्रहरीको भनाई छ ।







0 comments:
Post a Comment